26.9 C
Birgunj
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
spot_img

१३ वर्षपछि खुल्यो बाटो: वीरगन्जको मेनरोड विस्तार आज साँझदेखि सुरु

वीरगन्ज, वैशाख ५ – लामो समयदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५/२५ मिटरका दरले विस्तार गरिनेछ। यस क्रममा सडकको दायाँ–बायाँ पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम पनि आजैदेखि सुरु गरिने तयारी गरिएको छ।

एकैपटक ५ स्थानमा डोजर
सडक विस्तारलाई तीव्र बनाउन एकैसाथ पाँच स्थानमा डोजर प्रयोग गरिनेछ। यसका लागि ९ वटा भारी उपकरण (डोजर, जेसीबी, एक्साभेटर) वीरगन्ज ल्याइसकिएको छ। महानगरपालिका र सुरक्षा निकायको समन्वयमा काम अघि बढाइनेछ।
सर्वोच्च अदालतको निर्णयपछि खुल्यो बाटो
यस परियोजना लामो समयदेखि अदालतमा अड्किएको थियो। तर सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि सडक विस्तारको बाटो खुलेको हो।
करिब १२०० घरधनी प्रभावित
सडक विस्तारको विरोधमा करिब १,२०० घरधनीले २०७६ सालमा मुद्दा दायर गरेका थिए। उनीहरूले मुआब्जा र वैकल्पिक सडकको माग गरेका थिए। तर अदालतले सरकारकै निर्णयलाई वैध ठहर गरेको छ।
१३ वर्षपछि सुरु हुँदै काम
२०६९ सालमै सुरु गर्ने योजना भए पनि विभिन्न कानुनी प्रक्रिया र विरोधका कारण १३ वर्षसम्म परियोजना अन्योलमा परेको थियो। अब भने औपचारिक रूपमा काम सुरु हुन लागेको हो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here