34.7 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

आमाको मुख हेर्ने पर्व आज: मातृ सम्मानमा देशभर उत्साह

काठमाडौं,०४ बैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिनलाई जन्मदात्री आमाप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा लिने गरिन्छ।

शास्त्रीय मान्यता अनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि आमा महान् मानिन्छिन्। त्यसैले आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्दै उहाँबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व स्थापित भएको हो।

परम्पराअनुसार छोराछोरी बिहानै स्नान गरी आमालाई नयाँ लुगा लगाइदिने, मीठा तथा पोषिलो खानेकुरा खुवाउने र आशीर्वाद लिने गर्छन्। आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा ब्राह्मणलाई भोजन गराउने प्रचलन रहेको छ।

वैदिक सनातन धर्म अनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्वलाई उच्च स्थान दिइएको छ।

धर्मशास्त्रविद्हरूका अनुसार आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले उहाँको महत्व सबैभन्दा उच्च मानिन्छ। त्यसैले जीवित आमालाई सम्मान गरी खुसी बनाउने र दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने परम्परा रहिआएको छ।

यसै अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज विशेष मेला लागेको छ। मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here