काठमाडौं,३० चैत । हिरासतबाट फरार भएका लोब्साङ बोम्जन पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोम्जनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए ।पक्राउ परेका उनलाई वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
उनले १२ साउन २०८२ मा जोरपाटीमा जितबहादुर मोक्तानलाई खुकुरी प्रहार गरेका थिए ।

