38.9 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ सार्वजनिक चालक कारबाहीमा

काठमाडौं,२१ चैत । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने नौ जना सार्वजनिक यातायात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार बिहान विभिन्न स्थानमा सञ्चालन गरेको आकस्मिक परीक्षण (सप्राइज चेकिङ)का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार विशेष अभियानअन्तर्गत गरिएको जाँचका क्रममा ती चालकहरू मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाहीलाई कडाइका साथ अगाडि बढाइने जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here