30.2 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

वीरगंजमा मोटिभेशनल ट्रेनिङ सम्पन्न, विद्यार्थीमा आत्मविश्वास र नेतृत्व विकासमा जोड

वीरगंज,१४ चैत । वीरगंज पब्लिक स्कुल प्यल २ कलेजद्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘मोटिभेशनल ट्रेनिङ प्रोग्राम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

कलेजका एकेडेमिक डाइरेक्टर दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल आर्मी अन्तर्गत श्री जंग गण वीरगंजका प्रमुख सेनानी लोकेन्द्र कार्कीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल राष्ट्र बैंक वीरगंज शाखाका प्रमुख सुशील पौडेल सहभागी भएका थिए।

प्रमुख अतिथि लेफ्टिनेन्ट कर्णल कार्कीले विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण दिँदै जीवनमा अनुशासन, लक्ष्य निर्धारण तथा सकारात्मक सोचको महत्वबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै प्रशिक्षक सन्तोष कुमार कर्ण ले आत्मविश्वास अभिवृद्धि र सफलताको मार्गबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो भने स्वागत मन्तव्य कलेजका निर्देशक राजेन्द्र चौधरी ले व्यक्त गर्नुभएको थियो। कलेज तथा कार्यक्रमको उद्देश्यबारे सन्दिप कुशवाहा ले जानकारी गराउनुभएको थियो।

वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल प्रभात मेहता सहित लालबाबु चौरसिया, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, आकाश पटेल, रवि यादव, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, राजेश्वर पटेल, विरेन्द्र केशरी, लालबाबु सिंहलगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here