29 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

मन्त्री चयनबारे छलफलका लागि रवि-बालेन एउटै गाडीमा बाहिरिए

काठमाडौं,१२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् ।

रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।

बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुट्न लागेका हुन् । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।

‘दुई नेताबीच मात्रै छलफल हुँदैछ’ स्रोतले अनलाइनखबरसँग भन्यो । केही नेताका अनुसार अहिलेसम्म मन्त्रीको नाम टुंगिएको छैन ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here