28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

४७ सांसदले मातृभाषामा शपथ लिएसँगै नवनिर्वाचित सांसदहरूको शपथग्रहण सम्पन्न

काठमाडौँ,१२ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो आयोजित कार्यक्रममा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका केसीले कुल २७४ जना सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथ ग्रहण कार्यक्रममा भाषिक विविधता समेत झल्किएको छ। कुल सांसदमध्ये ४७ जनाले आफ्नो मातृभाषामा शपथ लिएको जानकारी दिइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here