43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सांसद कानु–साहको शपथ समारोहमा भोजपुरी भाषा प्रयोग

वीरगंज,१० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले आगामी चैत १२ गते भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिन लागेको छन्।

सङ्घीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार पर्सा–२ बाट निर्वाचित कानुले आफ्नो मातृभाषा भोजपुरी रोजेका हुन्। उनले भने, “भोजपुरी मेरो मातृभाषा मात्र होइन, मेरो पहिचान र अस्मिता पनि हो । तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन यो एउटा सानो प्रयास हो।”

त्यसैगरी बाराकाे क्षेत्र नं. ३ मा रास्वपाबाटै निर्वाचित सांसद अरविन्द साहले पनि मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्ने वताइएकाे छ । यस पटकको शपथ ग्रहणमा करिब दुई दर्जन सांसदहरूले मातृभाषा वा रुचिअनुसारका भाषामा शपथ लिनेछन् । भाषाहरूमा भोजपुरी, नेवारी, मैथिली, डोटेली, थारु, तामाङ, संस्कृत र बान्तवा रहेका छन्।

सङ्घीय संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूलाई सोमबारसम्म नाम दर्ता गर्न समयसीमा दिएको थियो । शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने भएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here