40.8 C
Birgunj
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
spot_img

थापाको राजीनामा अस्वीकृत, पार्टी कार्यालयमा पुनः सक्रियता

काठमाडौँ,१० चैत । केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्।

तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्दै ६ बुँदे निर्णय गरेको थियो। पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने ‘भनाइ’ महामन्त्री प्रदीप पौडेल ले जानकारी दिए। साथै १५ औँ महाधिवेशन तयारीबारे पनि छलफल हुने उनले बताए।

उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकका मुख्य एजेन्डा रहेका छन्।

निर्वाचन परिणामपछि आएको दबाबका बीच अस्वीकार गरिएको उक्त राजीनामापछि सभापति थापाले पुनः कार्यसमिति बैठक आह्वान गरेका हुन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here