33.4 C
Birgunj
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
spot_img

देशभर मौसम अपडेट: केही ठाउँमा चट्याङसहित हल्का वर्षा र हिमपात

काठमाडौं,०४ चैत । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यस प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ।

महाशाखाका अनुसार कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी, लुम्बिनी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।

त्यस्तै, आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने गण्डकीको तराई तथा बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले विशेषगरी हिमाली र पहाडी क्षेत्रका बासिन्दालाई चट्याङ, वर्षा तथा हिमपातबाट सतर्क रहन आग्रह गरेका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here