43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

निर्वाचन कार्यालयमा रुपेश पाण्डेयको ११ लाख ७५ हजार खर्च विवरण पेश

वीरगंज,२८ फागुन । पर्सा क्षेत्र नम्बर–३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर चुनाव लडेका रुपेश कुमार पाण्डेयले यसपटकको निर्वाचनमा आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

पाण्डेयका निर्वाचन प्रतिनिधि विन्ध्यान्चल ठाकुरमार्फत बिहीबार निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाइएको हो । उनले पेश गरेको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कूल ११ लाख ७५ हजार २७१ रुपैयाँ ८ पैसा खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा ४ लाख ९५ हजार २७३ रुपैयाँ खर्च गरिएको देखिएको छ । त्यस्तै इन्धनमा २ लाख रुपैयाँ, सवारी साधन भाडामा १ लाख ९० हजार रुपैयाँ र पालिकास्तरीय बैठकका लागि नास्तामा १ लाख ३१ हजार ६५० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

यसैगरी निर्वाचन परिचालनका लागि सम्पर्क कार्यालय सञ्चालनमा ६७ हजार ३४८ रुपैयाँ, नास्ता तथा चियामा ५७ हजार रुपैयाँ, पानीमा १५ हजार रुपैयाँ तथा मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको पाण्डेयले पेश गरेको विवरणमा जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाबाट एमालेका उम्मेदवार पाण्डेय पराजित भएका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here