34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सिरहा सदरमुकाममा बम विस्फोट, प्रहरीले सुरु गर्यो अनुसन्धान

काठमाडौँ,२७ फागुन । सिरहा सदरमुकाममा बुधबार बम विस्फोट भएको छ। सिरहा जिल्ला अदालतको अगाडि रहेको मधेश ‘ल’ फर्ममा भएको विस्फोटमा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे उक्त विस्फोट भएको हो। विस्फोटपछि स्थानीय क्षेत्रमा केहीबेर त्रासको वातावरण सिर्जना भएको थियो।

प्रहरीका अनुसार विस्फोटमा घाइते भएका एक जनालाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा विस्फोट सुतली बमको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षा निकायको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको एसपी पाठकले जानकारी दिए।

विस्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here