27.1 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

वीरगञ्जमा एमाले प्रवेशको लहर: विभिन्न दल परित्याग गर्दै नेता–कार्यकर्ता एमालेमा आबद्ध

वीरगञ्ज, १७ फागुन ।
पर्सा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै नेता–कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। पछिल्लो समय श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिका नगर अध्यक्ष शोयब अख्तर एमालेमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नं. १८ सौराहाका युवा नेता राकेश यादवको नेतृत्वमा दर्जनौं युवाहरूले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। यस्तै, वडा नं. २० हरपतगञ्जका शंकर सिंहको नेतृत्वमा समेत दर्जनौं नेता–कार्यकर्ताहरू कांग्रेस त्याग्दै एमालेमा आबद्ध भएका छन्।

नवप्रवेशीहरूलाई नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले पार्टीमा स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा उनले देशको समृद्धि, स्थिरता र विकासको यात्रामा एमाले अझ जनमुखी र सशक्त बन्दै जाने विश्वास व्यक्त गरे। उनले विभिन्न पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताहरूको साथले संगठन थप मजबुत हुने उल्लेख गरे।

वीरगञ्जका विभिन्न वडामा देखिएको पार्टी प्रवेशको यो क्रमले स्थानीय राजनीतिक गतिविधिलाई थप सक्रिय बनाएको छ। एमाले नेताहरूले पछिल्लो समय जनाधार विस्तार हुँदै गएको दाबी गरेका छन्। उम्मेदवार यादवले एमालेप्रतिको जनलहर देखेर आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। चुनाव नजिकिँदै जाँदा वीरगञ्जमा दलहरूबीचको प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here