29.7 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

मतदानभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौँ ,१४ फागुन । निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार, निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) अनुसार यो व्यवस्था लागू गरिनेछ।

निर्वाचनअघि शान्ति र सुरक्षा कायम राख्न तोकिएका सबै आवश्यक कार्यहरू समेत सञ्चालन गरिने जनाइएको छ। समितिले सीमा नाका बन्दसँगै सुरक्षा सुनिश्चित गर्न आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकारवालाहरूलाई निर्वाचन आयोग मार्फत आग्रह गरेको छ।

उक्त कदमले मतदाता र निर्वाचन प्रक्रियाको सुरक्षालाई सुदृढ पार्ने उद्देश्य राखेको समितिको भनाइ छ। यसैगरी, निर्वाचन मितिभन्दा केही दिन अघि सुरक्षा प्रवन्धलाई प्रभावकारी बनाउन सीमा नाका र स्थानिय सुरक्षा संयन्त्रहरू पूर्ण रूपमा सक्रिय गरिने जानकारी दिइएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here