27.1 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

वीरगंज–२१ मा प्रदीप यादव सक्रिय, सूर्य चिन्हमा मतदान गर्न आग्रह

वीरगंज,१० फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। आइतबार बिहानदेखि विभिन्न टोल–टोलमा पुग्दै उनले स्थानीय मतदातासँग भेटघाट र संवाद गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

घरदैलोका क्रममा मतदातासँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहेका यादवले पर्साको विकास, समृद्धि र स्थिर सरकारका लागि एमालेको जित आवश्यक रहेको बताए। आफूले विगतमा सांसद र मन्त्रीका रूपमा गरेको कामको उल्लेख गर्दै उनले आगामी योजनाहरू पूरा गर्न जनताको साथ अपरिहार्य रहेको धारणा राखे।

“मैले खानेपानी मन्त्रीका रूपमा यस क्षेत्रमा गरेका काम र अबका योजनाहरूलाई पूर्णता दिन एमालेको जित अनिवार्य छ,” यादवले भने, “जनताको विश्वास र समर्थनले नै क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ।”

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले सडक, ढल निकास, खानेपानी, बिजुली, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्या तथा मागहरू राखेका थिए। यादवले ती विषयहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका विकास कार्यलाई निरन्तरता दिने र आवश्यक सुधार गर्दै अघि बढ्ने बताए।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here