27.1 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

धार्मिक सहिष्णुताका लागि माधवले दिए शान्ति सन्देश

काठमाडौँ,०९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले गौरमा देखिएको पछिल्लो तनावप्रति सद्भाव कायम गर्न आग्रह गरेका छन्।

शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले सदियौँदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायलाई संयमता अपनाएर अघि बढ्न अपिल गरे।

‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन । यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’

रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेपालले दुवै समुदायले एक–अर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए।

‘दुवै समुदायले एक-अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो ।’

उनले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै कुनै पनि पक्ष उत्तेजनामा नआउन आग्रह गरे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here