31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

दोस्रो घेरामा सशस्त्र प्रहरी सक्रिय: सीमादेखि मतदानस्थलसम्म कडा सुरक्षा

काठमाडौं,०६ फागुन ।   निर्वाचन सुरक्षाका लागि आजदेखि पूर्ण रूपमा सशस्त्र प्रहरी परिचालन हुने भएको छ । देशैभरि ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल टोली सशस्त्र प्रहरीले खटाएको छ ।

दोस्रो घेरामा रहेर निर्वाचनमा सुरक्षा दिने जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । सोहीअनुसार देशैभरि स्ट्राइकिङ र मोबाइल टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए ।

‘सबै निर्वाचन क्षेत्रमा बुधबारदेखि नियमित रूपमा ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल टोली खटिनेछन्,’ उनले भने, ‘भयरहित, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन गराउन सशस्त्र प्रहरी प्रतिबद्ध छ ।’ डिआइजी भट्टका अनुसार २१ माघदेखि नै सशस्त्रले हरेक निर्वाचन क्षेत्रमा आफ्नो बेस बनाएर परिचालन सुरु गरिसकेको छ । सशस्त्रले २ माघदेखि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा हेर्न थालेको थियो ।

निर्वाचन सुरक्षाका साथै सीमामा पनि सशस्त्र सुरक्षाको नियमित जिम्मेवारीमा सशस्त्र प्रहरी खटिएको छ । निर्वाचनका वेला थप चनाखो भई खटिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् । भारतीय पक्षसँग समन्वय गरेर सीमा सुरक्षामा थप सक्रियता बढाइएको डिआइजी भट्ट बताउँछन् ।

सशस्त्र प्रहरीको करिब ३४ हजार जनशक्ति निर्वाचनमा प्रत्यक्ष रूपमा खटिँदै छन् । सबै निर्वाचन क्षेत्रमा बेस बनाएर खटिन समस्या भएपछि यसपटक सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरेर खटाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here