31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

एल.एस. न्युरो एन्ड जेनरल होस्पिटलको प्राविधिक सहयोगमा जितपुरमा निःशुल्क स्वास्थ्य शिविर

फागुन,४ बारा, जितपुर
जन कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. को २४ औं स्थापना दिवसको अवसरमा जितपुर वाड नम्बर ७ रामटोलमा एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलका वरिष्ठ न्युरो सर्जन डाक्टर सन्जिव झा, अर्थोपेडिक सर्जन,डाक्टर चन्द्रभुषण यादव, छाला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर स्मिता झा, लैप्रोस्कोपी तथा जेनरल सर्जन डाक्टर मिराज आलम, बाल रोग विशेषज्ञ डा.अन्जली चौरसिया, स्त्री तथा प्रसोती रोग विशेषज्ञ डा.श्रुची चौरसिया,आदित्य तिवारी, लगाएत विशेषज्ञ चिकित्सकहरूको टोलिद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
कार्यक्रममा सहकारीका, सभापति  गोपाल सिंह कडेल प्रमुख अतिथि एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलका डाईरेक्टर साबित्रा भण्डारी विशिष्ट अतिथि  दुर्गा न्यौपाने, उपाध्यक्ष गणेश कलवार,सचीव कपिलदेब प्रसाद यादव होस्पिटलका बित्य प्रमुख दिपु राउत अस्पतालका प्रशासन प्रमुख बिनोद पटेल लगाएत, सञ्चारकर्मी र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शिविरबाट सयौं सेवाग्राहीहरु लाभान्वित भएका छन्।
आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि यस्ता जनसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ र छिटै नै हाम्रो संस्थाका ग्राहक तथा हाम्रो कर्मचारीहरुको स्वास्थ उपचारको लागि एल.एस.न्युरो एन्ड जेनरल होस्पिटल बिच सम्झौता हुनेछ ।
स्थापना दिवसको अवसरमा संस्थाले विगत २४ वर्षदेखि समाजमा पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामा थप कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here