27.1 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

पर्सा–३ मा शक्ति सन्तुलन फेरियो: रास्वपाका ५० जना एमाले प्रवेश, पाण्डेयलाई साथ

वीरगंज,०४ फागुन । पर्सा क्षेत्र नं. ३ काे जगरनाथपुर गाउँपालिका वडा नं. ६ पर्सौनी बहुवरीमा साेमबार एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राहुल चतुर्वेदीको नेतृत्वमा ५० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रमको अवसरमा एमालेले वडा स्तरमै आफ्नो संगठन थप मजबुत बनाउँदै क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन पनि गरेको छ । कार्यक्रममा एमाले नेता प्रभु हजरा, प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, प्रह्लाद गिरी लगायतका प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

वक्ताहरूले एमाले उम्मेदवार रुपेश पाण्डेयलाई क्षेत्र नं. ३ को विकास गर्ने सक्षम र इमानदार उम्मेदवारको रूपमा प्रस्तुत गर्दै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता रहेको बताए।

उनीहरूले रुपेश पाण्डेयले बोलेको कुरा पूरा गर्ने, जनताको पक्षमा सोच्ने र विकास निर्माणमा निरन्तर लाग्ने सशक्त उम्मेदवारको रूपमा चित्रण गर्दै उनलाई विजयी गराउने दायित्व अब क्षेत्रका जनताकै भएको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here