31.8 C
Birgunj
Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
spot_img

इमानदार र जबाफदेही नेतृत्वको लागि पर्सा–१ मा अजय चौरसियाको घरदैलो

वीरगंज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिए अजय चौरसियाले वीरगंज महानगरपालिकाको वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पर्सा जिल्ला मात्र नभई समग्र मुलुकको निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्वको पहिचान गरी मतदान गर्न आग्रह गरे।

उनले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि पढेलेखेको, जानकार र जबाफदेही नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।

चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिँदै यसअघि निर्वाचित प्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन गर्दै यस पटक क्षेत्र र यहाँका जनताको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखेर मतदान गर्नुपर्ने बताए।

जनतासँगको संवादका क्रममा उम्मेदवार चौरसियाले भने, “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो। आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ।”

कार्यक्रमका क्रममा उनले आगामी निर्वाचनमा नेकपाको तारा छापमा मतदान गर्न आग्रह गर्दै पारदर्शी, जबाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन मतदातासमक्ष अपिल गरे।

स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत नेकपाले जनतासँग प्रत्यक्ष संवाद गर्दै सुशासन र जिम्मेवार नेतृत्वलाई केन्द्रमा राखेर चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको छ।

घरदैलाे कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बालगाेपाल थापा सहित स्थानिय नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here