29.7 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

५ लाख ठगी प्रकरण: नक्कली प्रहरी नियन्त्रणमा

काठमाडौं,२५ माघ । आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका ४० वर्षीय दीपक थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

हुण्डी कारोबार मुद्दामा पक्राउ परेका दावा भनिने दाफुरी शेर्पालाई छुटाउने भन्दै उनको आमासँग ५ लाख लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

आफू प्रहरी रहेको बताउँदै हिरासतमा रहेका व्यक्ति छुटाउने प्रलोभन देखाएर उनले ठगी गरेका थिए । नक्कली प्रहरीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here