काठमाडौँ,२५ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बिहान ८ः३० बजे जुममार्फत बैठक सञ्चालन हुनेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२, र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ।

