34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

ड्रोन सञ्चालनमा रोक, अनलाइन प्लेटफर्ममा सरकारी निगरानी बढ्यो

काठमाडौं,२३ माघ ।  प्रतिनिधि सभाको निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। शुक्रबार बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार हाल कार्यान्वयनमा रहेका सुरक्षा गतिविधि, जनशक्ति परिचालन र बन्दोबस्तीको अवस्थाबारे समीक्षा गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको जानकारी दिए। साथै, निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकले निर्वाचनमा ड्रोन प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। यस्तै, निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिमाथि निगरानी बढाउने निर्णय भएको प्रवक्ता काफ्लेले बताए।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलनका आधारमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here