34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सशस्त्र प्रहरी एसपी सीमा सुरक्षा बैठकमा बेहोस, भेन्टिलेटरमा उपचाररत

विराटनगर,२३ माघ ।  सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् । मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक ढलेका थिए ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्‍याइएको थियो । उच्च रक्तचापका कारण ढलेका उनकाे जिब्रो काटिएकाे थियाे ।

घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएकाे छ । उनको अवस्था ‘क्रिटिकल’ रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले दिउँसाे बैठक चलिरहेका बेला घिमिरे ढलेपछि अस्पताल भर्ना गरिएकाे बताए । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो,’ डिआइजी न्यौपानेले भने, ‘अवस्था अलि गम्भीर रहेको जानकारी छ ।’

एसपी घिमिरेको माेरङबाट मकवानपुरस्थित नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भएको थियो । मोरङबाट उनी भोलि बिदा भएर जाने तयारीमा थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here