38.1 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

धोबिनीमा रमेश रिजालको घरदैलो प्रभावकारी, कांग्रेसप्रति उत्साहजनक समर्थन

वीरगंज,२३ माघ । पर्सा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले शुक्रबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । पूर्वमन्त्री एवं निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले शुक्रबार धोबिनी गाउँपालिका वडा नं. ४ अन्तर्गत बखरी टोला र लङ्गडी क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उम्मेदवार रिजाललाई आत्मीय स्वागत गर्दै समर्थन जनाएका थिए । सो अवसरमा रिजालले आगामी निर्वाचन आफ्नाे लागि अन्तिम चुनावी प्रतिस्पर्धा हुन सक्ने उल्लेख गर्दै क्षेत्रको विकासका लागि सहयोग गर्न आग्रह गरे । उनले छोटो समय मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि शिक्षा, स्वास्थ्य, सडक र आधारभूत पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे ।

रिजालले जनतासँग सिधा संवाद गर्दै आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको सुख–दुःखमा साथ दिने नेता भएको उल्लेख गरे । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।”

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता बशिष्ठ नारायण कुर्मी, पर्सा जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमदसहित बुथ सभापति, अगुवा कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पर्सा–४ को समग्र विकासका लागि अनुभवी र जनतासँग नजिक रहेको नेतृत्व आवश्यक रहेको बताउँदै कांग्रेस उम्मेदवार रमेश रिजाललाई विजयी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here