28 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

नेकपा पर्सा उम्मेदवारसँग प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त अन्तरक्रिया

वीरगंज,१९ माघ । प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उम्मेदवार र दुवै प्रेस संगठनबीच भएको अन्तरक्रियामा आगामी निर्वाचनका लागि प्रचार–प्रसारमा सघाउने तथा आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ। सोही निर्णयअनुसार प्रचार–प्रसारको सहजीकरणका लागि चारवटै निर्वाचन क्षेत्रमा एक–एक जना संयोजक तोकिएको छ।

संयुक्त बैठकले पर्सा क्षेत्र नं. १ मा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, क्षेत्र नं. २ मा समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, क्षेत्र नं. ३ मा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव र क्षेत्र नं. ४ मा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनलाई जिम्मेवारी दिएको हो।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारहरूले पैसाको खोलो बगाएर प्रचार–प्रसार गरिरहेको भए पनि आफ्ना व्यक्तिगत पृष्ठभूमि, इमान्दार छवि र पार्टीले अघि सारेको राष्ट्रिय एजेन्डाका कारण मतदाता आफूहरूप्रति विश्वस्त रहेको बताएका थिए।

कार्यक्रममा नेकपा पर्सा क्षेत्र नं. १ का उम्मेदवार अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादव र क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुको उपस्थिति रहेको थियो।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तासहित प्रेस सेन्टर नेपाल तथा समाजवादी प्रेस संगठन पर्साका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वीरगंजको लिंकरोडस्थित होटल कुमु प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here