28 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

पर्सा–२ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो, जनताको आवाजमै चुनावी अभियान

वीरगंज,१९ माघ । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले चुनावी प्रचारप्रसार अभियानलाई जनतामुखी बनाउँदै मतदातासँगको प्रत्यक्ष भेटघाटलाई तीव्र पारेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका टेमानीले घरदैलो तथा परिचयात्मक कार्यक्रममार्फत स्थानीय मतदातासँग संवाद बढाउँदै लगेका छन् ।

क्षेत्र नं. २ का टोलटोल र घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेपछि टेमानीप्रति जनताको झुकाव दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । औपचारिक सभा–समारोहभन्दा प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै उनले चुनावी अभियानलाई थप सशक्त बनाएका हुन् ।

यसै क्रममा सोमबार टेमानी पर्सागढी नगरपालिका वडा नं. ३ अन्तर्गत बड्नियार, पकडिया टोल, चौधरी टोल तथा झावराह टोलका स्थानीय बासिन्दासँग संवादमा सहभागी भएका थिए । संवादका क्रममा उनले नागरिकको दैनिकीसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू नजिकबाट सुने ।

घरको आँगनमै पुगेर उम्मेदवारलाई भेट्दा स्थानीयवासी उत्साहित देखिएका थिए । स्थानीयले भौतिक पूर्वाधार, सडक तथा नाला व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको उपलब्धता तथा कृषिउपजको उचित मूल्य नपाएको पीडाबारे गुनासो व्यक्त गरेका थिए ।

स्थानीयले उठाएका विषयहरूलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उम्मेदवार टेमानीले जनाएका छन् । घरदैलो कार्यक्रमलाई भाषणमुखीभन्दा संवादमुखी बनाइएको कारण पर्सा क्षेत्र नं. २ का मतदातामा आशा पलाएको स्थानीयको भनाइ छ ।

पर्सागढी–३ का विभिन्न टोलमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको समस्या गम्भीर रहेकाले यसपटक मतदाता परिवर्तनको अपेक्षासहित मतदानका लागि उत्साहित देखिएका छन् । विगतमा पटक–पटक निर्वाचित भएर सरकारमा पुगेकाहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै स्थानीयले यसपटक सचेत निर्णय गर्ने बताएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here