29.7 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

मधेस प्रदेशमा न्युरोसर्जरी सेवाबारे राष्ट्रिय बहस, NESON सम्मेलन वीरगंजमा सम्पन्न

वीरगंज,१६ फागुन । नेपालका न्युरोसर्जनहरूको साझा संस्था Nepalese Society of Neurosurgeons (NESON) को सम्मेलन २०२६ -१६ गते बेलुका ६ बजे देखि Clark Resorts मा आयोजना भएको छ। सम्मेलनको मुख्य विषय “मदेश प्रदेशमा न्युरो सर्जरीका सेवाहरू” बारे मुख्य आकर्षण रहेको थियो । कार्यक्रम बाराको परवानिपुर ५ नौतनमा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटल को आयोजनामा संचालन हुन लागेको हो।

आयोजकका अनुसार यस सम्मेलनको मुख्य उद्देश्य मधेस प्रदेश लगाएत बारा र पर्सा जिल्ला क्षेत्रका मस्तिष्क तथा स्नायु सम्बन्धी उपचार सेवाको अवस्था, उपलब्ध सुविधा, चुनौती र आगामी सम्भावनाबारे खुला छलफल गर्नु हो। नेपालभरिका विभिन्न स्थानबाट न्युरोसर्जन, चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस्तो सम्मेलन ले चिकित्सकहरूबीचको अनुभव साटासाट गर्न सहयोग पुग्ने र बिरामीहरुको उपचारमा अझ प्रभावकारी सेवा दिन मद्दत गर्ने विश्वास रहेको आयोजक एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलका संचालक रामप्रबेश प्रसाद कुर्मिले बताए।
कार्यक्रममा विभिन्न विषयमा विशेषज्ञ चिकित्सकहरूले अ-आफ्नो प्रस्तुति राखेका थिए।

सोही क्रममै एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलका मेडिकल डाईरेक्टर डा. अर्जुन पटेलले बारा–पर्साको क्षेत्रमा न्युरोसर्जरी सेवाको इतिहास र विकासक्रमबारे आफ्नो जानकारी राखेका थिए। त्यस्तै एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलका वरिष्ठ न्युरो सर्जन डा. सञ्जीव कुमार झाले L.S. Neuro & General Hospital को उपलब्धि मस्तिष्क तथा स्नायु शल्यक्रिया सेवाहरूको, प्रविधि र उपचार प्रक्रियाबारे आफ्नो दिएका थिए।

यस्तै, डा. विपिन चौरसिया ले न्युरो सर्जरीमा जर्नल प्रकाशनमा देखिने समस्याहरू (प्रिडेटरी जर्नलबाट कसरी बच्ने) बारे आफ्नो विषय राखेका थिए । त्यसैगरी, जेनरल फिजिसियन डा. अजय कुमार गुप्ताले एक्युट इस्केमिक स्ट्रोक (आकस्मिक पक्षघात) को उपचार व्यवस्थापनबारे आफ्नो अनुभव प्रकाश पारेका थिए। वरिष्ठ फिजियोथेरापिस्ट उदय मिश्रले न्युरो रिहाबिलिटेशन (स्नायु सम्बन्धी पुनर्स्थापना उपचार) का प्रोटोकलहरूबारे जानकारी दिएका थिए। यी सबै प्रस्तुतीहरूले मधेस प्रदेश लगाएत बारा र पर्साको क्षेत्रमै गुणस्तरीय न्युरोसर्जरी सेवाहरुको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजक संस्थाले मधेस प्रदेश लगाएत बारा र पर्सा जस्ता तराई क्षेत्र बाराको नौतनमा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा पनि अत्याधुनिक न्युरोसर्जरी सेवा प्रदान गर्दैगरेको जनाउँदै यस्ता सम्मेलनमार्फत स्थानीय चिकित्सकलाई अद्यावधिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखिएको डाक्टर अर्जुन पटेलले बताए। सम्मेलनले चिकित्सकहरूबीच सहकार्य बढाउने, स्थानीय स्तरमै जटिल उपचार सम्भव बनाउने तथा बिरामीहरूलाई काठमाडौँ जानुपर्ने बाध्यता कम गर्न योगदान पुर्‍याउने विश्वास लिइएको बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here