29.7 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

सिरहामा होली घरमै मनाउन प्रशासनको आग्रह, निर्वाचनको सुरक्षा सुदृढ

सिरहा,१६ फागुन । जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै पूर्वसन्ध्यामा होली पर्व परेकाले मौन अवधिको मर्यादा कायम राख्दै पर्व मनाउन आग्रह गरेका हुन्।

उनका अनुसार निर्वाचनको मौन अवधिमा होहल्ला, भीडभाड र अनावश्यक सवारी साधन सञ्चालन नगरी घरपरिवारमा सीमित रही पर्व मनाउनुपर्नेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रशासनले विशेषगरी मादक पदार्थ सेवन (मापासे) वा लागुऔषध सेवन (लापासे) गरी सवारी चलाउने व्यक्तिहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। त्यस्ता सवारी साधन नियन्त्रणमा लिई निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म फिर्ता नदिइने प्रशासनले जनाएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सिरहामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाभर १४ सय नेपाल प्रहरी, ८ सय सशस्त्र प्रहरी बल, ८ सय नेपाली सेना र ३ हजार ७५७ निर्वाचन प्रहरी गरी कुल ६ हजार ७५७ सुरक्षाकर्मी खटाइएको छ। प्रत्येक चौक–चौकमा सुरक्षाकर्मी परिचालनका साथै मोबाइल टोलीसमेत सञ्चालन गरिने छ।

सिरहाको प्रशासनले सर्वसाधारणसँग अपील गर्दै पर्व मनाउने क्रममा नियमको पालना गर्न र निर्वाचनको शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here