35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्सको बिद्यार्थीहरुको प्रथम स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

माघ १५, बारा ।
बिनोद पटेल
ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि., परवानीपुर–०५, बारामा नर्सिङ पहिलो वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम बिहान १० बजेदेखि सुरु भई विविध शैक्षिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको थियो।
कार्यक्रमको अध्यक्षता ज्ञान बाटिका इन्स्टिच्युटकी उप–प्राचार्य प्रियंका रोयले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा परवानीपुर गाउँपालिका नगर प्रमुख रामछेत्री प्रसाद कुर्मी उप प्रमुख सुगान्धी देबिको उपस्थिति रहेको थियो।

बिशिस्ट  अतिथिहरूमा एल.एस. न्युरो एण्ड जनरल अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक राम प्रवेश प्रसाद कुर्मी, अस्पतालका सञ्चालक सबित्रा भण्डारी, होस्पिटल डाईरेक्टर डा. अर्जुन पटेल, ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि. एकेड्मिक डाईरेक्टर ईन्जिनियर अभय पटेल, बिरगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ प्रमुख डा. कल्पना पौडेल ईलाका प्रहरी प्रसौनी का प्रमुख टुपेन्द्र श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुको दिप प्रज्वलनसँगै राष्ट्रिय गानबाट गरिएको थियो।
त्यसपछि स्वागत मन्तव्य, अतिथि सम्मान, सांस्कृतिक नृत्य तथा शुभकामना मन्तव्यहरू राखेका थिए।
स्वागत नृत्यमा कशिश ठण्डार, चन्दनी बैठा र करुणा खत्रीले मनमोहक प्रस्तुति दिएका थिए।
कार्यक्रममा नर्सिङ पहिलो वर्षका विद्यार्थीहरूको परिचय गराउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको थियो। वक्ताहरूले स्वास्थ्य र शिक्षाको क्षेत्रमा नर्सिङ पेशाको महत्व उल्लेख गर्दै अनुशासन, मेहनत र सेवाभावलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।डिप्लोमा इन फार्मेसी, हेल्थ असिस्टेन्ट (HA) तथा PCL नर्सिङ कार्यक्रममा नवप्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत गरेका थिए ।
यो कार्यक्रम तपाईंहरूको स्वास्थ्य क्षेत्रको उज्ज्वल र सम्मानित भविष्यतर्फको पहिलो कदम हो। अध्ययन अवधिभर अनुशासन, मेहनत र सेवाभावका साथ अघि बढ्नुहोस् भन्ने कामना गरेका थिए ।
कार्यक्रमको सञ्चालन अनुजा कार्की र नाजरुल अन्सारीले गर्नुभएको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here