25.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

सरार्फको घरदैलो अभियान: युवालाई स्वरोजगारमा जोड्ने प्रतिबद्धता

वीरगंज,१३ माघ । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू बेरोजगारीको समस्याले ग्रसित भई रोजगारीका लागि बाहिर पलायन हुनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। आफू निर्वाचित भए यस क्षेत्रका एक जना युवा पनि बेरोजगार नरहने गरी स्वरोजगार सिर्जनाका लागि विशेष पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उहाँले निकास र विकासका लागि जनमत पार्टी र पार्टीको चुनाव चिन्ह ‘हर्न’ नै एकमात्र विकल्प रहेको उल्लेख गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीका नेता बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादवलगायतको उपस्थिति रहेको थियो। साथै स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेलसहित सयौंको संख्यामा कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार सरार्फले स्थानीयवासीका समस्या र सुझावहरू सुन्दै युवामैत्री, रोजगारीमुखी र विकासकेन्द्रित राजनीति आफ्नो प्राथमिकता रहने स्पष्ट पार्नुभएको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here