30.9 C
Birgunj
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
spot_img

गाँजा तस्करी प्रयास असफल, पर्सामा एक जना पक्राउ

वीरगंज,१२ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले ठोरी गाउँपालिका–४ स्थित विशाल चोकबाट ५५ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार साँझ करिब ८ः३० बजे ठोरी गाउँपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठको घरमा लागुऔषध बिक्री, वितरण तथा भण्डारण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाइ–छिपाइ राखिएको प्लास्टिकमा प्याक गरिएको पाँच पोका गाँजा जस्तो देखिने पदार्थ ५५ केजी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ओसारपसार तथा भण्डारणसम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here