30.9 C
Birgunj
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
spot_img

महिला क्रिकेटमा नयाँ कीर्तिमान : नेपालले टी–२० ग्लोबल छनोटमा पहिलो विजय प्राप्त

काठमाडौं,१० माघ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्‍यो।

जिम्बावेले दिएको १३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि पूजा महतोले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५२ रन बनाइन्। जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बावेका लागि केलिस एनध्लोभुले अविजित ५२ रनको योगदान दिइन्। नेपालकी रिया शर्माले २ विकेट लिइन्।

यो जितसँगै नेपालले प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने झिनो सम्भावना कायम राखेको छ। यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल पर्सि सोमबार स्कटल्यान्डसँग खेल्नेछ।

१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ। दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन्। ‘सुपर सिक्स’ बाट शीर्ष चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here