43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

अमेरिकी डलर फेरि महँगियो, नयाँ रेकर्ड कायम

काठमाडौँ,१० माघ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा रहेकोमा आज खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.81 147.41
EUR  (European Euro) 1 172.31 173.02
GBP  (UK Pound Sterling) 1 198.58 199.39
CHF  (Swiss Franc) 1 185.61 186.37
AUD  (Australian Dollar) 1 100.55 100.96
CAD  (Canadian Dollar) 1 106.50 106.94
SGD  (Singapore Dollar) 1 114.75 115.22
JPY  (Japanese Yen) 10 9.27 9.31
CNY  (Chinese Yuan) 1 21.08 21.17
SAR  (Saudi Arabian Riyal) 1 39.15 39.31
QAR  (Qatari Riyal) 1 40.28 40.45
THB  (Thai Baht) 1 4.71 4.72
AED  (UAE Dirham) 1 39.97 40.13
MYR  (Malaysian Ringgit) 1 36.65 36.80
KRW  (South Korean Won) 100 10.00 10.04
SEK  (Swedish Kroner) 1 16.27 16.34
DKK  (Danish Kroner) 1 23.07 23.16
HKD  (Hong Kong Dollar) 1 18.83 18.90
KWD  (Kuwaity Dinar) 1 480.32 482.28
BHD  (Bahrain Dinar) 1 389.39 390.98
OMR  (Omani Rial) 1 381.35 382.91
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here