35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

श्रीलंका ‘ए’ विरुद्ध नेपालको निर्णायक अभ्यास खेल

काठमाडौं,१० माघ । आईसीसी टी-२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’ सँग तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल खेल्दैछ । खेल कोल्ट्स क्रिकेट मैदानमा दिउँसो हुने तालिका छ ।

नेपाल यसअघि खेलेका दुवै अभ्यास खेलमा पराजित भएको थियो । पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७३ रनको फराकिलो अन्तरले हार व्यहोरेको थियो । त्यसैले आजको अन्तिम अभ्यास खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा रहनेछ ।

श्रीलंका ‘ए’ टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरू समेत सहभागी छन् । निरोशन डिक्‍वेला, लाहिरु उडारा, सहान अराकिगे, नुवानिदु फर्नान्डो र नुवान थुसाराजस्ता चर्चित खेलाडीहरू श्रीलंका ‘ए’ टोलीमा रहेका छन् ।

आजको अभ्यास खेलपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी-२० खेल खेल्ने तालिका रहेको छ ।

आईसीसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here