43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, निर्वाचन तयारी र प्रशासनिक मुद्दामा छलफल

काठमाडौं ,०८ माघ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रशासनिक आवश्यकतालाई सम्बोधन गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक आयोजना हुने जानकारी प्राप्त भएको छ।

हाल नियमित बैठक भए पनि यसपटकको बैठक आसन्न निर्वाचनको तयारी र सरकारका नीतिगत निर्णयहरूको दृष्टिले विशेष महत्व राख्ने अनुमान गरिएको छ।

बैठकको मुख्य कार्यसूचीमा सरकारका दैनिक प्रशासनिक कामकाजका साथै निर्वाचनका लागि आवश्यक सुरक्षा र व्यवस्थापकीय तयारीबारे छलफल हुने बताइएको छ। एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण नियुक्तिहरू र मन्त्रालयगत प्रस्तावहरूमा निर्णय लिन सक्ने सम्भावना पनि रहेको छ।

विशेष गरी निर्वाचनको माहोल तातिरहेका बेला, सरकारले चाल्ने आगामी कदम र शान्ति सुरक्षाको अवस्थाबारे बैठकमा गहन विमर्श हुने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here