30.8 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

विजय लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, ४६ हजारभन्दा बढीले शेयर पाए

काठमाडौं,०६ माघ । विजय लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको दोस्रो सार्वजनिक शेयर (एफपीओ) को बाँडफाँड मंगलबार सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान ९ बजे शेयर बाँडफाँड प्रक्रिया पूरा गरेको जनाएको छ।

कम्पनीले पुस २१ देखि २४ गतेसम्म सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २१ लाख ९९ हजार २६ जनाले आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन मात्र योग्य ठहर भएको थियो।

मागभन्दा बढी आवेदन परेको हुँदा शेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। नतिजा अनुसार ४६ हजार ६ सय ८१ आवेदकले मात्र शेयर पाएका छन्। तीमध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन्। एफपीओको औपचारिक नतिजा केही समयपछि सार्वजनिक गरिनेछ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो। एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुनेछ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here