29.1 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

आगामी चुनावका लागि कांग्रेस मैदानमा : सभापति देउवा

काठमाडौँ,११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा पूर्ण रूपमा जुटिसकेको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा सभापतिले निर्वाचनमा भाग लिन कांग्रेसको निर्णय स्पष्ट भएको बताए। उनले भने, “कांग्रेसको प्राथमिकता यस समयमा निर्वाचन नै हो।”

साथै देउवाले स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here