35.3 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले मुख्यमन्त्रीसहित चार उम्मेदवार सिफारिस गर्‍यो

गौर (रौतहट), ६ पुस । नेपाली कांग्रेसले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि चार जना नेताको नाम सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय समितिको निर्णयअनुसार मधेस कांग्रेसका सभापति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई पहिलो प्राथमिकतामा राख्दै नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ सिफारिस गरिएका अन्य नेताहरूमा रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव रहेका छन् । क्षेत्रीय समितिले पार्टीको आन्तरिक प्रक्रिया पूरा गरी ती नामहरू सिफारिस गरेको जनाएको छ ।

त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न क्लष्टर समेटिने गरी आठ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस हुने नेताहरूमा बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंह रहेका छन् । मधेश कांग्रेसका प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला क्लष्टरको प्रतिनिधित्व हुने गरी नामहरू सिफारिस गरिएको हो । पार्टीभित्र समावेशिता र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै सिफारिस गरिएको उनले जानकारी दिए ।
यसैगरी, राष्ट्रिय सभाको उम्मेदवारका लागि पनि नेपाली कांग्रेस रौतहटले दुई जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभातर्फ अल्पसंख्यक–खुल्ला समूहबाट चिरञ्जीवी प्रसाद सिंह र दलित समूहबाट नरेन्द्र पासवानको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गुप्ताले बताए । पार्टीको माथिल्लो निकायबाट अन्तिम निर्णय भएपछि उम्मेदवारको टुंगो लाग्ने नेपाली कांग्रेसले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here