38.8 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

वीरगन्ज महानगरमा रास्वपाको सक्रियता: वडा नं. ३ मा वडा समिति गठन

वीरगंज,०५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगंज महानगरपालिकामा संगठन विस्तारलाई तीव्र बनाएको छ । यसैक्रममा रास्वपाले वीरगंज महानगरपालिका वडा नम्बर ३ को वडा समिति गठन गरेको छ ।

नवगठित वडा समितिको सभापतिमा किरण कटुवाल चयन भएका छन् । उपसभापतिमा लालबाबु मन्सुरी, सचिवमा अनिल कुमार दास, सहसचिवमा एकबाल मिया र राकेश महर्जन चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश पासी, अशरफ मन्सुरी, नुरेनबी मन्सुरी, छोटु साह सोनार, राजु कुमार स्वामी, समीर मिया धोबी, राजन कुमार दास, अजय कुमार दास र जावेद मिया मन्सुरी रहेका छन् ।

त्यसैगरी, समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी, सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले अब छिट्टै नै वीरगंज महानगरपालिकाका ३२ वटै वडामा पार्टीको वडा समिति गठन गरिने जानकारी दिए । उनले हाल महानगरका सबै वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुन चाहनेहरूको उल्लेखनीय लहर देखिएको दाबी गरे ।

महानगर सभापति महमदुद्दिन आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिव गौतम श्रेष्ठले गरेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सहसचिव मुन्ना साह तथा नेता परवेज आलमको विशेष उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here