34 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

नेप्से ३० अंकले बढ्दा लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा

काठमाडौं । केही दिनदेखि नेपाली सेयर बजारमा सुधार देखिएको छ। विगत तीन दिनदेखि नेप्से परिसूचक लगातार बढ्दै ३०.८१ अंक जोडेको छ। यससँगै लगानीकर्ताहरू पनि बजारमा प्रवेश गर्न थालेका छन्, तर यसक्रममा केही सामान्य गल्तीहरू गरिरहेको पाइन्छ।

विश्लेषक र ब्रोकरका अनुसार लगानीकर्ताले आफ्नो अध्ययन नगरी अरूको पछि लाग्नु पहिलो गल्ती हो। कतिपय लगानीकर्ता कम्पनीको वित्तीय अवस्था, नाफा–नोक्सान र भविष्यको प्रतिफल नहेरी पनि भीड जता लागेको छ त्यही सेयर किनिरहेका छन्।

विशेषज्ञ सुवासचन्द्र ढुंगानाका अनुसार, अहिले कतिपय कम्पनी नोक्सानमै छन्, तर मूल्य उच्च भएकोले लगानीकर्ताहरू त्यस्ता कम्पनीको पछाडि लागिरहेका छन्। उनले भने, “कम्पनी नोक्सानमा भए पनि सुधार भइरहेको छ कि छैन र नाफा कमाएर प्रतिफल दिन कति समय लाग्नेछ भन्ने मूल्यांकन गरेर मात्रै लगानी गर्नुपर्छ।”

सेयर ब्रोकर भरत रानाभाटले भने लगानी निर्णयलाई सिधा ठिक–बेठिक भन्न सकिँदैन। लगानीकर्ताले आफूले सेयर कति समय राख्ने, नाफा–घाटा समायोजन गर्ने वा बजार उतारचढावमा छोटो समयमा कमाइ गर्ने उद्देश्य स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

विशेषज्ञहरूले लगानीका लागि केही आधारहरूमा ध्यान दिन सुझाव दिएका छन्:

  • कम्पनीको वित्तीय अवस्था: नाफा–नोक्सान, पी/ई अनुपात, प्रतिस्पर्धी कम्पनीसँग तुलना

  • मूल्यको उतारचढाव: हालको मूल्य, वित्तीय विवरणको समर्थन, लाभांश, व्यवसाय विस्तार, नेतृत्व परिवर्तन

  • समग्र अर्थतन्त्र र राजनीतिक अवस्था: बजारमा अन्य प्रभावकारी कारणहरू, क्षेत्रीय अवस्था

विशेषज्ञहरूले दीर्घकालीन लगानीकर्तालाई वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्न र अल्पकालीन लगानीकर्तालाई कुल पोर्टफोलियोको १०–२० प्रतिशत मात्र उच्च उतारचढाव हुने सेयरमा लगानी गर्न सुझाव दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here