38.8 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

नयाँ शक्तिको एकताबाट सरकार बन्नुपर्छ : कुलमान घिसिङ

धुलिखेल,२९ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्ने बताएका छन्। उनले वैकल्पिक शक्ति बन्ने उद्देश्यसहित अगाडि आएका सबै दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा सोमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले पार्टी नेतृत्वलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गर्दै परिवर्तनको यात्रामा चुनौतीहरू आउने भए पनि तिनको सामना गर्दै अघि बढे मात्र परिवर्तन सम्भव हुने बताए।

“जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ,” मन्त्री घिसिङले भने, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर गर्नुपर्छ। उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ।”

उनको भनाइले आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिहरूको भूमिका निर्णायक हुने संकेत गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here