30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

समानुपातिक उम्मेदवार छनोट तालिका रास्वपाद्वारा सार्वजनिक

काठमाडौँ,२९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाको विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप उम्मेदवार छनोटका लागि पुस ३ गतेदेखि १४ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको तालिका अनुसार प्रक्रियाको सुरुवात पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशनबाट हुनेछ। पुस ३ गते प्रारम्भिक नामावली सार्वजनिक भएपछि सोही दिन र पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको छ। प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग छलफल गरिने र त्यसलगत्तै अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।

रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने भएको छ। यस अवधिमा उम्मेदवारहरूको नेतृत्व क्षमता र राजनीतिक ज्ञानको परीक्षण गरिने बुझिएको छ।

क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ। मतदान कार्यक्रम दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि पुस १४ गते अन्तिम नतिजा प्रकाशन गरिने रास्वपाले जनाएको छ। रास्वपाले उम्मेदवार छनोटमा पारदर्शी विधि अपनाउन यो ‘टाइमलाइन ’ सार्वजनिक गरेको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here