28.3 C
Birgunj
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
spot_img

बिरगंजमा संगीतमय श्रीमद्भागवत कथा सम्पन्न : भक्तजनको उत्साहपूर्ण सहभागिता

अभिलाष गुप्ता
बिरगंज २६ मंसिर

बीरगञ्ज, आदर्शनगरस्थित श्री राणी सती अतिथि सदनको परिसरमा आयोजित संगीतमय श्रीमद्भागवत कथा भक्तिमय वातावरणमा सम्पन्न भएको छ। पुणित भावनासहित आयोजना गरिएको यस पाँचदिने धार्मिक कार्यक्रम शुक्रबार साँझ ७ बजे विधिवत् रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमअन्तर्गत नित्य वेदी पूजन बिहान ८ बजेबाट सुरु हुने र कथा वाचन तथा भजन–कीर्तन साँझ ४ बजेबाट प्रारम्भ हुने व्यवस्था गरिएको थियो। समापनका दिन २०८२ मंसिर २६ गते साँझ ७ बजे कथा विश्रामसँगै महाप्रसाद वितरण गरिएको थियो।

कार्यक्रममा भारतका प्रसिद्ध कथा वाचक श्री मधुकर जी द्वारा श्रीमद्भागवत कथा वाचन तथा भक्तिभावपूर्ण भजन–कीर्तन प्रस्तुत गरिएको थियो। त्यस्तै, स्वामी राजीव रंजनको पावन सान्निध्य र विशेष उपस्थितिले कार्यक्रमलाई अझ अध्यात्मिक र ऊर्जाशील बनाएको सहभागीहरूले बताए।

बीरगञ्जका सर्वसाधारण, श्रद्धालु भक्तजन तथा विभिन्न सामाजिक–धार्मिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। पाँच दिनसम्म निरन्तर सञ्चालन भएको उक्त कथा भक्तिभाव, संस्कृति र आध्यात्मिक चेतनाको समन्वयका रूपमा सफलरूपमा सम्पन्न भएको आयोजक श्रीमद्भागवत आयोजक मूल समितिद्वारा जानकारी गराइएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here