42.7 C
Birgunj
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
spot_img

इन्टर कलेज वाद–विवाद प्रतियोगिता बिरगंजबाट मनिस कुमार यादव र स्नेहा सर्राफ फाइनलका लागि चयन

अभिलाष गुप्ता
बिरगंज १४ मंसिर

लायन्स क्लब बिरगंज परिवार अन्तर्गतका लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, मेट्रो सिटी, फ्रेन्डजोन, कुटुम्ब तथा एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालन भइरहेको इन्टर कलेज वाद–विवाद प्रतियोगिताको छनोट चरण अन्तर्गत आज पाँचौँ कलेज ज्ञान्दा एकाडेमी +2, बिरगंज मा प्रतिस्पर्धा सम्पन्न भएको छ।

१० वटा कलेजमध्ये आजको छनोटमा ४ महिला र ४ पुरुष गरी ८ जना विद्यार्थीले “डिजिटल युगमा सामाजिक सञ्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा वाद–विवाद प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुतिका आधारमा कक्षा ११ का मनिस कुमार यादव (पुरुषतर्फ) र कक्षा ११ की स्नेहा सर्राफ (महिलातर्फ) विजेता घोषित गर्दै फाइनल राउन्डका लागि चयन गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साह ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथि डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, को–चिफ लायन उमेश शर्मा, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, लायन गुडि जोशी, रिजन चेयर पर्सन तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटीका कोषाध्यक्ष लायन अन्कित चौरसिया, कलेज प्रोग्राम डायरेक्टर वासिम हुसैन, कलेजका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here