29.3 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

काठमाण्डुको साधारण स्कोर, विराटनगर अगाडि १३५ रनको चुनौती

काठमाडौं,०६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।

काठमाण्डुका लागि आदिल आलमले अविजित ४८ रनको उत्कृष्ट पारी खेले भने वेन चार्ल्सवर्थले ३२ रन जोडे। बलिङ तर्फ विराटनगरका मर्चेन्ट डे लाङ उत्कृष्ट रहे, उनले २ विकेट लिए। त्यसैगरी सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले एक–एक विकेट हात पारे।

यसअघि काठमाण्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग हार व्यहोरेको थियो। विराटनगरका लागि आजको खेल दोस्रो हो। पहिलो खेलमा उसले पोखरालाई पराजित गरेको थियो।

एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाण्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ टोली सहभागी छन्। प्रतियोगिता मङ्सिर १ गतेदेखि सुरु भई मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here