29.5 C
Birgunj
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
spot_img

जनमत पार्टी पर्सा पर्द्वारा वीरगंजमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । चाडपर्वको समयमा रक्त अभाव बढ्ने अवस्थालाई मध्यनजर गर्दै पर्सामा आइतबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेनजि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव रोटी/खरना पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले स्वयं रक्तदान गर्दै गरेका थिए। अध्यक्ष सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विद्यालाल प्रसाद, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, कोषाध्यक्ष सिकेन्द्र राम, निरन्जन कुशवाहा, निखिल चौरसियासहितको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फसहित गुडु सेख, अजय कुमार साह, समिम आलम, अमन सेख, राजन साह, आदित्य साह, अजय श्रीवास्तवलगायत १९ जना युवाले रक्तदान गरेको जनमत पार्टी पर्साले जनाएको छ ।

अध्यक्ष सरार्फले युवाहरूलाई सकारात्मक र समाजमुखी क्रियाकलापमा जोड्दै आएको जनमत पार्टीले भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राजनीति भनेको उत्कृष्ट समाजसेवा हो। असल र सभ्य युवाले नै कुशल समाज र सक्षम राष्ट्र निर्माण गर्छन्।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here