40.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

प्रहरी निरीक्षक यादवको नेतृत्वमा ४७५ केजी गाँजासहित दुई जना पक्राउ

धनुषा । ईलाका प्रहरी कार्यालय ढल्केवरले ठूलो परिमाणको लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको तरकारी बोक्ने पिकअप गाडी समेत बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय ढलकेबरका प्रहरी निरीक्षक जाटाशंकर यादवको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारमा उक्त गाडी फेला पारी चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार धरानबाट पिकअप गाडीमा गाँजा लोड गरी माथिबाट बन्दाकोबी राखेर ढाकिएको थियो। उक्त गाँजा धनुषा बिदेह नगरपालिका–३ जोगियारास्थित भगवति फिक्स ईट्टा भट्टामा अनलोड गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सोही दिन दिउँसो ४:०० बजे उक्त स्थानमा चेकजाँच गर्दा तयारी ईट्टाको चाङबीच त्रिपालले छोपेर राखिएको १९ पोका करिब ४७५ किलो बरामद गरेको हो।

पक्राउ परेका चालक धादिङ बेनिघाट रोलाङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय रोहित चमार रहेका छन्। ना.३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here