28.9 C
Birgunj
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
spot_img

जेनजी आन्दोलनमा निधन भएका युवाको सम्झनामा बहुदरमाई युवा क्लबद्वारा दीप प्रजोलन

वीरगञ्ज । सोमबार देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूको सम्झनामा बहुदरमाई युवा क्लबले श्रद्धाञ्जली कार्यक्रम गरेको छ।

युवाहरूको अल्पायुमा भएको निधनले क्लब परिवारलाई स्तब्ध तुल्याएको भन्दै क्लबले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकाकुल परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने शुभेच्छा प्रकट गरेको छ।

दिवंगत आत्माप्रतिको श्रद्धाञ्जलीस्वरूप क्लबले मंगलबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको क्लबका कोषाध्यक्ष अर्जुन गुप्ताले जानकारी दिए। कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here