35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

भारत–नेपाल ऊर्जा व्यापारमा वृद्धि, थप ८० मेगावाट बिक्री

काठमाडौं,०६ भदौ । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत किन्ने भएको छ । भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो ।

भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो ।

यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ । बंगलादेशमा ४० र भारतमा १०९०.९ गरी नेपालले ११३०.९ मेगावाट विद्युत् विदेश निर्यात गर्ने भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here